गुणस्तरिय तथा सुपथ मूल्यमा :  ग्याँस गिजर, वाटर फिल्टर,चिम्नि ,रेगुलेटर र पाईप, सोलारवाटर हिटर, इन्भटर, ब्याट्री, होम/स्ट्रीट सोलार लाईट, पानी तान्ने पम्प, फाएर ईक्सटीङग्युजर ,एयर कन्डीशनर आदी | सम्पर्क : एपी ट्रेडर्स , ९८५१०७३५४५

ABOUT US

    हामीले उत्पादन गरेका वस्तु तथा सेवाहरु उपभोक्ता माझ  पुरर्याउन  र  बजार विस्तार गर्नका लागि बिज्ञापन एक अपरिहार्य साधन हो । आजको युगमा कुनै पनि कुरा सिमित घेरा भित्र रहन सक्दैन । सूचना प्रबिधिको बिकासले गर्दा कुनै पनि वस्तु तथा सेवाहरु   करोडौं उपभोक्ता माझ   सेकेण्डको समयमा नै पुग्दछ । जसका कारण विश्वका जुनसुकै स्थानमा रहेका उपभोक्ताहरु  ती वस्तु तथा सेवाहरुका बारेमा  सजिलै जानकारी प्राप्त गर्न सक्दछन्  ।  हाम्रोे बिज्ञापनको ईतिहास लामो भएर पनि बिज्ञापनलाई आम उपभोक्ता बिच स्थापित गर्न सकिएको छैन । यसोे हुनुमा बिज्ञापन र गुणस्तरीयता एक आर्काका पर्यायबाची बन्न नसक्नु नै हो  भन्ने  हाम्रो ठम्याई  रहेको छ । बिज्ञापन वस्तु वा सेवाहरु सुक्रि बिक्रि गर्ने माध्यम मात्र नभइ  यो त  गुणस्तरीयता झल्कने , सूचना दिने , उपभोक्ता जगाउने र ब्राण्डको सम्वर्द्धन गर्ने एक मौलिक र  सिर्जनात्मक कार्य हो ।
    बिज्ञापनलाई बजार प्रवर्द्धनको पारख शास्त्रको रुपमा पनि लिने गरिन्छ । आवश्यकता  नभई उत्पादन हुँदैन र   उत्पादित  वस्तु तथा सेवाहरु बजारमा टिक्नका निम्ती आकर्षित र ग्राहय हुनु पर्दछ । नेपाली बजारमा कैयौं सेवा तथा वस्तुहरुको अस्वास्थ्य  प्रतिस्पर्धा देखिन्छ  ।  गुणस्तरीयता भन्दा पनि बिज्ञापनको साधन प्रयोग द्वारा ती वस्तु तथा सेवाहरु प्रति  आकर्षित र बजार  बिस्तार गरी मुनाफा कमाउन खोज्ने प्रबृति  हाबी  हुँदै गैरहेको पाईन्छ  ।  जसको  परिणाम स्वरुप  ती  सेवा तथा  वस्तुको बजार बिस्तार गर्न अनावश्यक झुट, भ्रमपूर्ण र नाङ्गा खाले अश्लिल मनोबृतिका बिज्ञापन मार्फत गुणस्तरीयता भन्दा पनि  मानसिक शोषण गरी बजार बिस्तार गर्न खोजेको देखिन्छ । जसका कारण आम उपभोक्ताहरु शोषणमा पर्ने गरेका छन् । बिज्ञापनका   नाममा  भित्रिएका यस्ता खाले  बिकृति रोकी  गुणस्तरीयता , स्वच्छ र प्रतिस्पर्धाको प्रवर्द्धन गर्नु आजको आवश्यकता हो । बजार बिस्तारको लागि गरिने बिज्ञापनलाई  गुणस्तरीयताको  प्रतिकको रुपमा  कसरी स्थापित गर्न सकिन्छ भन्ने  समेत हाम्रो चिन्ता र चासोको विषय रहेको छ । 
    छरिएर रहेका बिज्ञापनलाई एकत्रित गरी बिज्ञापनलाई सशक्त एवं  प्रभाबकारी बनाई  आम उपभोक्ताहरुका बीच  बिज्ञापनको पहुँच बढाउन  “Environment Media Publication Pvt. Ltd.”ले www. advertisement nepal .com वेबसाईट सञ्चालनमा ल्याएको हो  । यस  किसिमको  उद्देश्य रहेको  यस अनलाईनलाई  जीवन्तता कसरी दिन सकिन्छ , यसलाई अझ उत्कृष्ट  कसरी पार्न सकिन्छ भने कुरामा  श्रद्धेय  पाठकहरुको  सुझाब नै हाम्रो बाँच्नुको ऊर्जा हुने छ । यहाँ हरुका सुझाव सल्लाह हाम्रा निम्ती सधै ग्राहय हुनेछ ।



Advertising is a necessary tool for the goods and services to be promoted among consumers, and also to expand the market of a certain product. . Development of information technology helps goods and services to reach millions of consumers in seconds of time. Because of this consumers anywhere in the world can easily obtain information about the products and services they want. Our Advertising has a long history with the general consumer but, closer link with the consumer has not yet been established. Advertising and quality of the product advertise should be exactly the same to prevalence our belief. Advertising is not the only medium of selling goods and services, but it has also helped us to determine quality of product, and helping companies to establish in the brand among the mass. Advertisers take advertisement as a sculpture for the promotion of product. No product is produced without need, and to stay in the market goods and services must be attractive as well as quality. Nepali market has unfair competition in many services and goods. Firms use advertisement to attract consumer more than the quality of goods and services to expand in the market and earn profits. Because of this general consumers are always in suspicion .This unfair practice in name of advertisement must be brought to an end. Quality and Competition is the most needed factor today to promote any business .Our concern is to promote advertisement as a symbol of quality .Our mission is to collect all adds around the globe and keep it under one roof , so that consumer have easy access to gain information about any product that they are willing or wanting  to purchase . This is main propose of our website to provide fair competition in market and quality advertisement to consumer. We want all of you to be hand in hand with us, alone we can do little; together we can do so much. Advice and Suggestion are warmly welcomed.
 









Shyam Raja Pandey
(Editor)

Advertisement Nepal.com